धनगढीको बालाजी आइसक्रिम उद्योगलाई जरिवाना

कैलालीको एक आइसक्रिम उद्योग कारबाहीमा

धनगढी : कैलालीमा धनगढीमा एक आइसक्रिम उद्योग कार्वाहीमा परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिकाले लक्ष्मीनगरमा रहको बालाजी आइसक्रिम उद्योगलाई जरिबाना गरेको छ । उपमहानगरपालिकाको बजार अनुगमन टोलीले मंगलबार बजार अनुगमनका क्रममा बालाजी आइसक्रिम उद्योगलाई जरिबाना गरेको हो ।

आइसक्रिमको खोल बाहिर उत्पादन मिति र म्याद सकिने मिति नभएकाले दुई हजार रुपैयाँ जरिबाना गरिएको धनगढी उपमहानगरपालिका बजार अनुगमन टोलीका संयोजक नारायणप्रसाद शर्माले बताए ।

उक्त उद्योगलाई आगामी दिनमा बिक्री वितरण गर्दा मिति राखेर बेच्न सुझाव समेत दिएको उनले बताए । उनका अनुसार पहिलो पटक भएकाले सम्झाई बुझाई गरेर दुई हजार मात्रै जरिबाना लिएको छ ।

आगामी दिनमा पनि यो कार्य गरेको फेला पारे नियमानुसार कारबाही गरिनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार