आठ वर्षको साङ्गीतिक यात्रामा चेतनले पाए सर्वोत्कृष्ट देउडा गायकको अवार्ड

काठमाडौं : बि.स्टार फिल्मस् प्रा.लीले आयोजना गरेको ‘न्यू लुक बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’ बुधवार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा भव्य रुपमा सम्पन्न भएको छ ।

बिभिन्न विधामा गरिएको अवार्डमा आठ बर्ष देखि डेउडा क्षेत्रमा सक्रिय गायक चेतन बोहोराले जुन लाएकी गीतबाट सर्बो उत्कृष्ट देउडा गायक बाट अवार्ड प्राप्त गरेका छन् ।

उनले खुसी व्यक्त गर्दै आफ्नो फेसबुकमा लेखेका छन् “जुन लाग्याकी डेउडा गीतबाट सर्बोउत्कृष्ट डेउडा गायकमा मलाइ अत्याधिक भोट गरेर बिजय गराउनु हुने हजुरहरु सबैलाई धेरै धन्यवाद। मेरो आठ बर्षको सांगीतिक यात्राको पहिलो अवार्ड डेउडा बिद्या बाट पाँउदा झनै खुसी भएको छु। मेरो यात्रामा B STAR ले थप एक इट्टा  थपिदिएको छ। धेरै धन्यवाद सबैलाइ यो माया र साथको लागि आगामी दिनहरुमा अझै राम्रो गर्ने साहस र हौसला बढेको महसुस गरेको छु।

बोहरा पछिल्लो पुस्ताका चर्चित डेउडा गायक हुन् उनका धौलिको ब्या, मेरि लाली, जन्त बजाउन्या, भैन्कर सोझी, ए कट्टी, चम्पा, जुन लाग्याकी, सिर्क्या रुमाल  आदी गीतहरू चर्चीत छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

82%

खुसी

0%

दुःखी

14%

अचम्मित

5%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार