एक्टिङको हिसाबले राजेश हमालमा त्यस्तो स्पेसल केही पनि छैन – उषा रजक

एक्टिङको हिसाबले राजेश हमालमा त्यस्तो स्पेसल केही पनि छैन - उषा रजक

काठमाडौं : अभिनेत्री उषा रजक पछिल्लो समय एउटा अभिव्यक्ति बाट चर्चामा छिन् । बेला बेला आफ्नो अभिव्यक्ति बाट विवादमा आउने उषा यतिबेला उनको एउटा अभिव्यक्ति भाइरल बनिरहेको छ। टिभी कार्यक्रम ‘आम्मा कसम याँ दुख्छ’मा गेस्ट बनेर पुगेकी रजकले अभिनेता राजेश हमालविरुद्ध कटाक्ष गरेकी छन् । उनले हमाललाई ‘ओभररेटेड एक्टर’ भएको बताएकी छिन् ।

भाइरल भएको भिडियो क्लिपमा उनले भनेकी छन्, ‘राजेश हमाल इज अ ओभररेटेड एक्टर । एक्टिङको हिसाबले उहाँमा त्यस्तो स्पेसल केही पनि छैन । डान्स त हामी सबैले देखेका छौं रजकको यस्तो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले उनको अभिव्यक्तिको समर्थन गरेका छन् भने कतिपयले विरोध ।

यसबारे पनि टिप्पणी हुन थालेपछि रजकले अर्को फेसबुक स्टाटस लेख्दै अभिव्यक्तिलाई लिएर प्रष्टीकरण दिने प्रयास गरेकी छिन् ।

उनी लेख्छिन्, ‘ मैले पाएको गाली र मेरा केही नोक्सानबाट एक जना, मात्र एक जनाको आवाज फुट्नेछ । काममा गएकी सानी केटीहरुलाई गुरु भनाउँदोले डिनर प्रस्ताव गर्नुअघि दुईचोटि सोच्नेछ । सार्वजनिक पूर्वाधार बनाउने बेला भ्रष्टाचार गर्नुअघि दुईपटक सोच्नेछ भने मात्र पनि । अझै गाली खान तयार छु ।’

केही साताअघि सामाजिक सञ्जालमार्फत उनले अभिनेता अनुप बरालविरुद्ध कटाक्ष गरेकी थिइन् । बरालले कास्टिङ काउच गरेको र फिल्म ‘कागबेनी’मा आफू तय भए पनि दीया मास्केलाई लिएको आरोप उनले लगाएकी थिइन् ।

अहिले ती आरोपबारेको उनको फेसबुक स्टाटस गायब छ । उक्त अभिव्यक्तिलाई लिएर आरोप-प्रत्यारोप चर्किन थालेपछि उषाले ती स्टाटस हटाइसकेकी छिन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार