लोकप्रिय गायिका रेश्मा सुनुवारको ‘पिरतीको झोली’मा आभा र विकाशको रोमान्स

लोकप्रिय गायिका रेश्मा सुनुवारको ‘पिरतीको झोली’मा आभा र विकाशको रोमान्स

काठमाडौं : लोकप्रिय गायिका रेश्मा सुनुवारको नयाँ गीत ‘पिरतीको झोली’ सार्वजनिक भएको छ । मनोरमा सुनुवार र रवि मल्लको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा दिक्षीत पौडेलको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा पछिल्लो समयमा आफ्नो काम मार्फत धेरैको मन जितेर अगाडि बढिरहेकी मोडल आभा र बिकास लामिछाने र आभा थापाको अभिनय देख्न सकिन्छ ।

गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा बिशाल थापाको सिनेमाटोग्राफी र दिन्सन शाहको सम्पादन रहेको छ ।

गायिका रेश्मा सुनुवारका ‘क्या मिठो गीत’, ‘मै ठूली भईछु रे ’, ‘हुरी आयो’, ‘मलाई कस्तो देख्छ’, ‘ओई नक्कले’ ‘राधा तिमी’ लगायत गीतहरु चर्चामा छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार