पहिलो दिन १८ जना बिरामीलाई सेवा दिँदै सुरु भयो गेटा अस्पताल 

पहिलो दिन १८ जना बिरामीलाई सेवा दिँदै सुरु भयो गेटा अस्पताल 
पहिलो दिन उपचार सेवामा खटिएको अस्पतालको टिम

धनगढी : कैलालीको गेटामा अस्पताल सञ्चालनमा आएको छ। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको एक सय शय्या क्षमताको अस्पताल बुधवारदेखि सञ्चालनमा आएको हो।

मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको गेटामा सञ्चालनमा आएको अस्पतालमा पहिलो दिन १८ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन्।

अस्पतालका निर्देशक प्रमोद जोशीका अनुसार बुधवार पहिलो दिन १८ जना विभिन्न रोगका बिरामीले स्वास्थ्य उपचार सेवा लिएका हुन्।

अस्पताल सञ्चालनका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध गरिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार