८४ को निर्वाचनमा कांग्रेस गठबन्धन गर्दैन,यदि गर्नु परे एक रहन सक्दैन: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी २०८४ को निर्वाचनमा गठबन्धन गरेर गए कांग्रेस एक रहन नसक्ने बताएका छन् ।

काठमाडौं : नेपाल प्रेस युनियन काठमान्डौं शाखाको वडा दशैँ, तिहार छठ तथा नेपाल संवतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ ।

नेपाल प्रेस युनियन काठमान्डौं शाखाका अध्यक्ष महेश गौतमको अध्यक्षता तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमूख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता डा. गोबिन्द पोखरेल ,अजय बाबु सिवाकोटी ,प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, उपाध्यक्षहरु नकुल अर्याल, जीवन भण्डारी लगायतको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी २०८४ को निर्वाचनमा गठबन्धन गरेर गए कांग्रेस एक रहन नसक्ने बताएका छन् ।

निर्वाचनअघि गठबन्धन गरेर जानु सैद्धान्तिक रुपमा नै गलत भएको उनको भनाइ छ । गठबन्धनमा रहेपछि संयुक्त नीति तथा कार्यक्रमका आधारमा सरकार चल्नुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । थापाले गठबन्धनमा रहेकै कारण सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउन बिदा दिने कुरा कांग्रेसले स्वीकार गर्न नसक्ने स्पष्ट पारे ।

उनले अहिलेको अवस्थामा कांग्रेसले आफैँतिर फर्केर नेता कार्यकर्ता तथा जनताको असन्तुष्टिलाई सम्बोधन गर्न सच्चिएर जानुपर्ने धारणा राखे । आगामी महासमिति बैठकको मञ्चलाई कुण्ठा भन्दा पनि पार्टीको कमीकमजोरीलाई सुधार गर्न केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए । त्यसैगरी अरु अन्य अथितीहरुले पनि आफ्नो शुभकामना व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार