सुदूरपश्चिममा लगानी सम्मेलन सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

सुदूरपश्चिममा लगानी सम्मेलन सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी तथा विकासका लागि सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच सो सहकार्यसम्बन्धी सम्झौंता पत्रमा हस्ताक्षर भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते आयोजना गर्न लागेको लगानी सम्मेलनलाई सफल बनाउने मुख्य उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्यको हात अघि बढाइएको स्पष्ट पारे। 

उनले सो अवसरमा अथाह सम्भावना भएको सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउने अभियानमा जुट्न सबै लगानीकर्ताहरुलाई आह्वान गरे। सुदूरपश्चिम प्रदेश अथाहा सम्भावनाको क्षेत्र भएकाले यसको समृद्धिमा सबैले साथ दिने मुख्यमन्त्री शाहको विश्वास थियो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले सुदूरपश्चिम प्रदेश सरकारसँगको सहकार्यसम्बन्धी समझदारी पत्रलाई परिणाममुखि बनाउने गरी महासंघले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 

उनले मुलुकलाई नै समृद्ध बनाउने महासंघको पनि अभियान भएकाले सोही विषयमा सहकार्य गर्ने अवसर दिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारप्रति आभार पनि व्यक्त गरे। 

सुदूरपश्चिम प्रदेश सरकारले त्यस क्षेत्रको समृद्धिका लागि लगानी जुटाउने उद्देश्यका साथ आगामी फागुन २३ र २४ गर्ते प्रदेश लगानी सम्मेलन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री शाहले सो सम्मेलनलाई परिणाममुखि बनाउन नेपाल उद्योग वाणिज्य संघसँगको सहकार्य सार्थक हुने बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार