दशैंमा बचेको जमरालाई स्वास्थ्यका लागि प्रयोग गर्ने विधी

दशैंमा बचेको जमरा
जमरा

हामी सबै पोषणका लागि हरियो तरकारी तथा फलफूलहरू खान्छौँ । तर स्वास्थ्यका लागि जमरा पनि एकदमै फाइदाजनक हुन्छ । दशैंमा लगाउने जमराले दशैंको शोभा बढाउनका साथै स्वास्थ्यलाई पनि धेरै फाइदा गर्छ ।

यसका फाइदा जान्नुभयो भने तपाईँ दशैंमा मात्र नभएर सधैँ जमरा बनाउनुहुनेछ । गहुँको जमरा स्वास्थ्यका लागि एकदमै राम्रो हुन्छ । यसमा भरपूर मात्रामा न्यूट्रियन्ट्स पाइन्छन् । जमरामा पाइने भिटामिन ए, बी, सी, ई, प्रोटिन, क्याल्सियम, आइरन, म्याग्नेशियम स्वास्थ्यका लागि एकदमै आवश्यक हुन्छन् ।

जमरामा फाइबर पनि भरपूर मात्रामा पाइन्छ । यो पाचन तन्त्रका लागि पनि एकदमै फाइदाजनक साबित हुन सक्छ । यस्तोमा दैनिक जमराको जुस वा पाउडर खानाले कब्जियत, अपच जस्ता पेटसँग जोडिएका कैयौँ समस्या हुँदैनन् ।

जमरा मानिसको शरीरलाई डिटक्स गर्नका लागि पनि एकदमै सहयोगी साबित हुन्छ । यसमा क्लोरोफिल पाइन्छ जसले शरीरमा जम्मा भएको खराब तत्त्वहरूलाई बाहिर निकाल्छ । यसले लिवर र किड्नीलाई पनि स्वस्थ राख्छ ।

त्यस्तै यदि कसैलाई रगतको कमी छ भने पनि त्यस्तो व्यक्तिले जमराको सेवन गर्नुपर्दछ । जमराको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढ्छ । यसमा आइरनको मात्रा राम्रो पाइन्छ जसले रगतको कमी हुनबाट जोगाउँछ ।

मधुमेहको समस्यामा पनि जमराको सेवन एकदमै राम्रो मानिन्छ । जमराले शरीरमा कार्बोहाइड्रेट«टलाई अब्जर्ब हुन दिँदैन जसले रगतमा सुगर बढ्ने प्रक्रियालाई रोक्दछ ।

जमरामा क्यान्सर जस्तो ज्यान लिने बिमारीबाट बचाव गर्ने क्षमता हुन्छ । यसमा हुने क्लोरोफिलले शरीरलाई फ्री रेडिकलबाट हुने नोक्सानबाट जोगाउँछ । यसले क्यान्सरको सेल्स बन्नबाट रोक्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार