टिका जमरा ग्रहण गर्ने क्रम जारी

दसैँको टीका

काठमाडौं : दशैंको टिकाको तेस्रो दिन आज पनि मान्यजनबाट टिका, जमरा र आर्शिवाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिन मान्यजनबाट टिका ग्रहण गर्न नपाएकाहरूले टिका लगाइरहेका छन् ।

विशेष गरी विजया दशमीको दिन आफ्ना दाजुभाई तथा नजिकका आफन्तकोमा टिका लगाएपछि ससुराली, मावलीतर्फ टिका लगाउने गरिन्छ ।

विजया दशमीको दिनबाट सुरु भएको टिका कोजाग्रत पूर्णिमाको दिनसम्म लगाउने चलन छ । लामो समयसम्म भेटघाट नभएका आफन्तहरू भेट्ने अवसरका रूपमा दशैंलाई लिने गरिएको छ ।

दशैंले आपसी सद्भाव, विश्वास र भाइचारा अझ बढाउने गरेको छ । मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूको चहलपहलले शहरबजारमा भीडभाड बढेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार