गुगलको ‘अबाउट दिस इमेज’ फिचरले दिनेछ इन्टरनेटमा भेटिने तस्वीरको पहिलो स्रोत बारे जानकारी

गुगलको ‘अबाउट दिस इमेज’ फिचरले दिनेछ इन्टरनेटमा भेटिने तस्वीरको पहिलो स्रोत बारे जानकारी

काठमाडौं : गुगलले ‘अबाउट दिस इमेज’ फिचर उपलब्ध गराउन थालेको छ । गुगल सर्चमा भेटिने कुनै पनि तस्वीर पहिलो पटक कहिले कसले अपलोड गरेको थियो भन्ने विषयको जानकारी दिने सो फिचर कम्पनीले बिहीवारदेखि उपलब्ध गराउन थालेको हो ।

पछिल्लो समय सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट प्रवाह भइरहेका सूचना भ्रामक र गलत हुन थालेपछि त्यसलाई पुष्टि गर्ने टुलका रूपमा गुगलले फ्याक्ट चेक एक्स्प्लोरर मा सुधार गरिरहेको छ ।

गुगलले गत मे महिनामा आयोजित गुगल आईओ डेभलपर इभेन्टमा पहिलो पटक यस्तो फिचर ल्याउन लागेको घोषणा गरेको थियो । अहिले भने कम्पनीले उक्त फिचर अङ्ग्रेजी भाषामा गुगल प्रयोग गर्ने प्रयोगकर्तामाझ उपलब्ध गराउन थाकेको हो । यदि तपाईंको डिभाइमा उक्त फिचर उपलब्ध भयो भने गुगल इमेज रिजल्टमा भेटिएको तस्वीरको सबैभन्दा माथि तीन ओटा डट देखिन्छ ।

त्यही ट्याप गरेर फोटो कहिले अपडलोड भएको हो भन्ने देखिन्छ । कम्पनीका अनुसार ‘अबाउट दिस इमेज’ टुल कुनै पनि तस्वीरको उद्गम विन्दु (ओरिजिन) कुन हो ? त्यसको मेटाडेटा (उपलब्ध भएको सन्दर्भमा), र कुनै पनि फ्याक्ट चेकिङ साइटले त्यो तस्वीरलाई कसरी व्याख्या गरेका छन् भन्ने देखिन्छ ।

त्यसबाहेक पनि गुगल सर्चमा उक्त तस्वीर पहिलो पटक कहिले इन्डेक्स भएको थियो भन्ने विषयको जानकारी पनि सोही टुलबाट पाउन सकिनेछ । कुनै पनि तस्वीर एआईद्वारा निर्माण गरिएको हो, खिचिएको हो वा कसैले तोडमोड गरी बनाएको हो भन्ने जानकारी पनि त्यही टुलले उपलब्ध गराउनेछ ।

सुरुवाती चरणमा गुगल सर्च रिजल्टमा भेटिएका तस्वीरको जानकारी मात्र हेर्न सकिनेछ ।

यो फिचर तथ्य जाँच गर्ने व्यक्ति, कन्टेन्ट क्रियटर र सर्वसाधारण प्रयोगकर्ताका लागि उपयोगी हुने बताइएको छ । विशेषगरी तस्वीरको स्रोत के हो भन्ने पुष्टि भएको सन्दर्भमा त्यस फोटोसँगै उपलब्ध गराइएको आर्टिकल कत्तिको सत्य हो भन्ने प्रमाणित गर्न सकिनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार