नवजीवन अस्पताललाई आमा तथा नवजात शिशु सुरक्षा निर्देशिकाको पालना गर्न धनगढी उपमहानगरकाे पत्र

धनगढीको नवजीवन अस्पताल

धनगढी : धनगढी उप-महानगरपालिकाले नवजीवन अस्पताल प्रा. लि. लाई पत्र लेख्दै आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका–२०७८ को पालना गर्न सचेत गराएको छ ।

अस्पतालले सेवाग्राही महिलाबाट प्रयोगशाला जाँच, औषधी, उपकरण र सामानको शुल्क लिएको गुनासो आएपछि निर्देशिकाअनुसार आमा तथा नवजात शिशु उपचार सेवा निःशुल्क गर्न भन्दै उपमहानगरपालिकाले मङ्गलवार पत्र काटेको हो ।

उपमहानगरले लक्षित सेवा लिन आउने सेवाग्राहीबाट तोकिएको सेवा प्रदान गरेवाफत शुल्क लिएमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम, २०७८ को दफा १५ को (२) बमोजिम कारबाही गरिने समेत जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार