सत्ता स्वार्थमा मिल्नेहरूलाई शान्ति प्रक्रिया टुंग्याउन कस्ले रोक्यो ? : रवि लामिछाने

रास्वपाले ७७ वटै जिल्लामा एकसाथ ७७ पटक घण्टी बजाउदै 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठुला दलहरुको सिन्डिकेट संसदमा लादिने काम भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले ठुला भनिएका तीन दलहरूका कारण संसदमा संकल्प प्रस्ताव कार्यसूचीमै चढ्न नसकेको बताएका हुन् ।

सभापति लामिछानेले सत्ता स्वार्थको लागि मिल्न तयार हुने दलहरू पीडितलाई न्याय दिने शान्ति प्रक्रिया टुंग्याउन एकजुट नभएको भन्दै आपत्ति जनाए ।

सभापति लामिछानेले भने, ‘शान्ति प्रक्रियाको कुरा पनि चल्यो सरकार बनाउने बेलामा हिजो दुस्मन भनिएका दलहरू विनाशर्त एकठाउँमा उभिएका देखेका छौं । कोशीमा हेर्दा त महागठबन्धन बनेको छ । ए, आफ्नो सत्ता स्वार्थको लागि मिल्न सक्नुहुने । पीडितलाई न्याय दिने शान्ति प्रक्रियालाई के ले रोख्यो तपाईंहरूलाई ? कस्ले रोक्यो ? कहाँ रोक्यो ? हामी नयाँ दलले ? ल बताउनुस् । रोकेको छ त यहाँहरूकै नियतले।’

शान्ति प्रक्रियालाई टुंग्याउन आफ्नो दलको तर्फबाट हुने सहयोग गर्न तयार रहेको उनले बताए । उनले अहिले व्यवस्था भन्दा पनि आफ्ना मान्छे जोगाउन केन्द्रित भएकाले अहिलेको अवस्था आएको बताए ।

उनले संसद नागरिकको आवाज मुखरित गर्ने थलो बन्न नसकेको पनि बताए । नेताहरुले देशको, संविधानको र व्यवस्थाको धेरै चिन्ता गरेको भन्दै लामिछानेले उनीहरुकै कारण व्यवस्था खतरामा परेको आरोप लगाए ।

सभापति लामिछानेले सत्ता स्वार्थका लागि मिल्न सक्ने दलहरु शान्ति प्रक्रिया टुंग्याउने र पीडितलाई न्याय दिने विषयमा मिल्न नसकेको आरोप लगाए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार