यूएईले नेपालविरुद्ध सुरुमा ब्याटिङ गर्दै, दीपेन्द्र टोलीमा फर्किए

यूएईले नेपालविरुद्ध सुरुमा ब्याटिङ गर्दै, दीपेन्द्र टोलीमा फर्किए

कार्तिक : आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र यूएईबीच आज प्रतिस्पर्धा हुँदैछ । मुलपानी मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।

आजको खेलको विजेताले आगामी वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ ।

नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने योजनामा मैदान उत्रदैछ। यसअघि सन् २०२२ फेब्रुअरीमा यूएईकै घरेलु मैदानमा यूएईसँगै पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको थियो।

दीपेन्द्र टोलीमा फर्किए

आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत यूएईविरुद्धको सेमिफाइनल खेलका लागि दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किएका छन्।

केही दिनअघि अभ्यासका क्रममा घाइते भएका ऐरी शुक्रबारको खेलमा टोलीमा फर्किएका हुन्। सन्दीप जोराको ठाउँमा ऐरीले खेल्नेछन्।

नेपाली टोलीमा ऐरीसँगै रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, विवेक यादव र सन्दीप लामिछाने छन्।

मुलपानी क्रिकेट मैदानमा टस जितेर यूएईले ब्याटिङ रोजेको छ। त्यस्तै, ओमन र बहराइनबीच अर्को सेमिफाइनल खेल त्रिवि क्रिकेट मैदानमा हुँदै छ।

सेमिफाइनलमा जित्ने टोली विश्वकपका लागि छनोट हुनेछ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार