मुलपानीबाट फुट्यो १० वर्षे मिहेनतको मूल, नेपाल टी–२० विश्वकपमा छनोट

मुलपानीबाट फुट्यो १० वर्षे मिहेनतको मूल, नेपाल टी–२० विश्वकपमा छनोट

काठमाडौं : काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ । फाइनल प्रवेश गर्ने दुई टिम विश्वकपमा छनोट हुने भएसँगै नेपाल विश्वकपमा छनोट भएको हो ।  युएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमााएर भेट्टाएको हो ।

नेपाललाई जिताउन आसिफ शेखले ५० बलमा ६३ रन जोडेर नटआउट रहे । कप्तान रोहित पौडेल पनि २१ बलमा ३५ रन जोडेर नटआउट रहे । 

यसअघि मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेलले २ र सोमपाल कार्मी र रोहित पौडेलले समान एक एक विकेट लिए । 

  • १० वर्षे मिहेनत

नेपाल टी २० विश्वकप २०२४ मा चयन भएको छ । घरेलु मैदानमा पाएको अवसरको सदुपयोग गर्दै नेपाल १० वर्षपछि नेपाल टी २० विश्वकप क्रिकेटमा छनाेट भएको हो । शुक्रबार मूलपानी मैदानमा भएको एसिया छनोटको सेमिफाइनल खेलमा यूएईलाई पराजित गर्दा नेपाल प्रतियोगिताको उपाधि नजिक मात्र पुगेन अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकपका लागि छनोट भएको हो । नेपाल ८ विकेटले विजयी भएकाे हाे ।

यसअघि नेपालले पहिलोपटक २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । जहाँ हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो । त्यसपछि फेरि विश्वकपमा पुग्न नेपालले १० वर्ष कुर्नुपरेको हो ।

१३५ रनको लक्ष्य पछ्याएको नेपालका लागि आसिफ शेखले ६४ रनको योगदान दिए भने तीन नम्बरमा ब्याटिङ गरेका गुल्सन झाले २२ रन बनाए । कप्तान राेहित पाैडेलले ३४ रन बनाए ।

मूलपानीमा टस हारेर नेपालले पहिला बलिङ गरेकाे थियो । यूएईले ९ विकेटको क्षतिमा १३४ रन बनायो । उसलाई सस्तैमा रोक्न नेपालका लागि कुशल मल्लले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिए । रोहित पौडेल र सोमपाल कामीको नाममा एक एक विकेट रह्यो । 

नेपालका लागि दोस्रोपटक विश्वकप खेल्ने खेलाडी एक मात्र सोमपाल कामी बन्ने भएका छन् । नेपालले बंगलादेशमा २०१४ मा विश्वकप खेल्दा सोमपाल कामी नेपालका प्रमुख बलर थिए । उनी अहिले पनि  नेपालका प्रमुख बलर हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार