जाजरकोटमा ५ पटक भूकम्प, मृतकको संख्या १२८ पुग्यो, सय बढी घाईते

जाजरकोटमा ५ पटक भूकम्प, मृतकको संख्या १५४ पुग्यो, सय बढी घाईते

धनगढी: जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रावार स्थानीय समय अनुसार ११: ४७ मा पहिलो पटक ६.४ म्याग्निच्युडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार त्यसयता थप ४ वटा पराकम्पन गएका छन् । राती १२ वजेर ८ मिनेटमा दोश्रो पटक ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । यस्तै, १२ वजेर २९ मिनेटमा ४.२ र १२ वजेर ३५ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिवार बिहान ४ वजेर १६ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प भएको छ । सवै भूकम्पहरुको केन्द्रबिन्दु रामीडाँडामै रहेको केन्द्रले सार्वजनिक गरेको बिवरणमा उल्लेख छ ।

शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी दुई जिल्लामा अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ। जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो।

जाजरकोट भूकम्प

ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन्। त्यस्तै अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको विवरण प्राप्त भएको डीएसपी रोकाले जानकारी दिए। घाइतेहरूमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको रोकाले बताए।

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ। रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन्। तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार