धनगढीमा भएको आगजनीबाट १७ करोड ९७ लाख २० हजार बराबरको धनमालको क्षति

सारथी अस्पताल सहितका ८ वटा पसलमा आगलागीबाट क्षति

धनगढी : धनगढीमा शनिबार राति भएको आगलागीबाट झण्डै करोडाैकाे क्षति भएको छ । धनगढी उप-महानगरपालिका–१ को एलएन चोकमा रहेको भण्डारी सुज सेन्टरमा विद्युत सर्ट भइ भएको आगलागीबाट १७ करोड ९७ लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए ।

शनिबार राति १ बजे भण्डारी सुज सेन्टरमा अचानक विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

सारथी अस्पतालमा आगलागी भएपछि राति नै बिरामीहरुलाई अन्यत्र सारिएको अस्पतालले जनाएको छ ।

हेर्नुस् कसको कति क्षती भयो ?

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार