सामाजिक सञ्जाल निर्देशिका–२०८० पूर्ण पाठ , ३ महिनाभित्र दर्ता नभए के-के हुनेछन् बन्द ?

काठमाडौँ : सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम र गुगल लगायतका सामाजिक सञ्जाल तीन महिनाभित्र दर्ता नभए बन्द हुने भएका छन। नेपाल सरकारले हिजो जारी गरेको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका–२०८० ले तीन महिनामा दर्ता नभए बन्द गर्न सकिने व्यवस्था गरेको हो ।

मन्त्रिपरिषदद्धारा  स्वीकृत उक्त निर्देशिकाको सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरणको उपदफा ७ मा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने व्यवस्था गरेको छ। जसअनुसार अबको तीन महिनाभित्र नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरु बन्द गरिने भएको हो। यसो त समिक्षा अवधिमा यस्ता समाजिक सञ्जाल सञ्चालक कम्पनीले दर्ता गरेर नेपालमा आफ्नो उपस्थितिलाई निरन्तरता दिन सक्छ।

तर, नागरिक शिक्षा तथा सामाजिक सशक्तीकरणमा मात्र केन्द्रित भई सञ्चालनमा रहेका समाजिक सञ्जाल प्लेटफर्मलाई भने उक्त प्रावधान लागू नहुने निर्देशिकामा उल्लेख गरिएको छ । त्यस्तै, एक लाख भन्दा बढी प्रयोगकर्ता भएका सामाजिक सञ्जालहरुले अनिवार्य रुपमा नेपालमा सम्पर्क बिन्दु राख्नुपर्नेछ । साथै, तीन महिनाभित्रमा अनिवार्य रुपले आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।

सामाजिक सञ्जाल निर्देशिकाको पूर्ण पाठ :

Socical-Media-Sodhpatra

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार