धनगढीमा एक महिलाको शव फेला

मृत अवस्थामा फेला
सांकेतिक तस्विर

धनगढीः कैलालीस्थित धनगढीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मट्यारीमा अन्दाजी ३२/३३ वर्षीया महिलाको शव फेला परेका हो।

वडाध्यक्ष भागीराम चौधरीका अनुसार विद्यार्थीहरु शौचका लागी झाडीमा जानेक्रममा शव देखेका हुन्। महिलाको शरीरको तल्लो भागमा किरा परेका छन्। घटनाबारे अहिले प्रहरीलाई खबर गरिएको छ।

घटनास्थलमा प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए। घटनाबारे थप विवरण आउन बाँकी छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार