धनगढीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा बिरामीको संख्या बढ्दाे

कैलालीको धनगढीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय
कैलालीको धनगढीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय

धनगढी: कैलालीको धनगढीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा एक वर्ष १६ हजारभन्दा बढीले उपचार गराएका छन्। गत आर्थिक वर्षमा आयुर्वेद चिकित्सालयबाट १६ हजार ३ सय ८० जना बिरामीको उपचार भएको हो।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा बिरामीको संख्या बढी रहेको आयुर्वेदिक चिकित्सालयका वैद्यनिरीक्षक तथा सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीले बताए। उनका अनुसार गत आर्थिक वर्षको असोज ११ गतेदेखि असार मसान्तसम्म विभिन्न रोगका ११ हजार २ सय महिला र ५ हजार १ सय १८ पुरुषले उपचार सेवा लिएका छन् ।

चालु आवको श्रावणदेखि कार्तिक मसान्तसम्म ५ सय ८५ जनाले ओपडी सेवा लिएको चिकित्सालयको तथ्याङ्क छ। सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट बिरामी आउने गरेको सूचना अधिकारी शाहीले बताए ।

२०९७ असोज ११ बाट सेवा सुरु गरेको आयुर्वेद चिकित्सालयमा ओपिडी, एक्सरे, प्याथोलोजी, पूर्वकर्म, पञ्चकर्म सेवा सञ्चालनमा रहेको छ। चिकित्सालयमा १ जना होमियोपेथिक र ४ जना आयुर्वेद चिकित्सकले सेवा दिइरहेका छन् । चिकित्सायलयमा बिहान ५ देखि ७ बजेसम्म योग सेवा पनि सञ्चालनमा रहेको छ । चिकित्सालयले अस्पताल फार्मेसी, आइपिडी, पायल्स र फिष्टुलाको छारसुत्र (अप्रेशन) सेवाहरू सुरु गर्न लागेको सूचना अधिकारी शाहीले बताए ।

नेपाल सरकारबाट उपलब्ध हुने २३ थरीको औषधि चिकित्सालयबाट बिरामीलाई निःशुल्क प्रदान हुने गरेको बताए। गत वर्ष सबै उपचार सेवा नि:शुल्क गरिए पनि यो वर्षबाट ओपिडी टिकट, एक्सरे, ल्याव सेवाकोे न्यूनतम शुल्क लिने थालिएको छ। तर, अपाङ्गता भएका र जेष्ठ नागरिकलाई भने पूर्ण नि:शुल्क सेवा दिने व्यवस्था छ। चिकित्सालयबाट १५ महिनामा २१ हजार ४ सय ९८ जनाले उपचार सेवा लिएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार