प्राप्त सहयोगबारे छलफल आवश्यक, निजी क्षेत्रलाई स्वास्थ्य बीमा कार्यक्रम दिन सकिँदैन: स्वास्थ्य मन्त्री बस्नेत 

स्वास्थ्य मन्त्री बस्नेत 

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा दाताबाट प्राप्त सहयोगको समुचित प्रयोग भए नभएकोबारे छलफल आवश्यक रहेको बताएका छन्।

मन्त्रालयले बिहीबार आयोजना गरेको ‘राष्ट्रिय संयुक्त वार्षिक समीक्षा’का अवसरमा उनले सो कुरा बताएका हुन्। मन्त्री बस्नेतले मन्त्रालयको आन्तरिक सुधारका साथै दाताबाट प्राप्त रकम कार्यक्रमको उद्देश्यअनुसार खर्च भए नभएको विषयप्रति मन्त्रालयका पदाधिकारीहरूलाई सचेत रहन निर्देशन समेत दिए।

‘अन्तर्राष्ट्रिय दातृ संस्थाबाट स्वास्थ्यका विभिन्न क्षेत्रमा आएको लगानीले के हामीलाई प्रतिफल दिएको छ त’ उनले भने, ‘यस्ता कतिपय बजेट कहाँबाट आउँछ र कहाँ जान्छ ? बजेट उद्देश्यअनुसार खर्च भएको छ वा छैन त्यो पाटो पनि हेर्न जरुरी छ। त्यसैले सरकारले यी बजेटहरू रेड बुकमार्फत आउनुपर्छ।’

मन्त्री बस्नेतले जनशक्ति, स्वास्थ्य उपकरण र भौतिक संरचनाको व्यवस्थापन गर्न मन्त्रालय लागेको बताए। उनले जनशक्तिको दरबन्दी थप्ने प्रक्रियाको तयारी भइरहेको समेत जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई सुम्पिने कार्य स्वास्थ्य मन्त्रालयबाट अस्वीकार भएपछि निजी अस्पताल तथा मेडिकल कलेज सञ्चालकाहरु अर्थ मन्त्रालयले धाउन थालेको दाबी गरेका छन्। 

बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले गत वर्ष स्वास्थ्य बीमा कार्यक्रम नै बन्द गरेका कतिपय निजी अस्पताल तथा मेडिकल कलेज सञ्चालकहरु समेत अर्थ मन्त्रालयले धाउन थालेको जानकारी आफूलाई प्राप्त भएको दाबी गरेका थिए। 

जुन स्तरको दबाब आए पनि स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई सुम्पिने कार्यमा आफू संलग्न नहुने आश्वासन मन्त्री बस्नेतले दिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार