केही हुन्न त्यसले : गजल

Rajendra Bhatta

तिमी राजा ल्याऊ या महारानी, केही हुन्न त्यसले
जोगाएरै राख यो गणतन्त्रको जवानी, केही हुन्न त्यसले!

यी प्रदेसिने पसिना जब सम्म यही, माटोमा किन्न सक्दैनौ
जति सुकै गाए पनि सिद्धान्त का कहानी, केही हुन्न त्यसले!!

राजा फाल या यो चलिरहेको गणतन्त्र जे पाल
फाल्न सक्दैनौ भने जनता लुट्ने आफ्नो बानी, केही हुन्न त्यसले !!!

यही माटो मा उब्जाउनु पर्छ उब्जाउने हरू जोगाउनु पर्छ
नत्र भने जति गरे पनि बालुवा मा लगानी केही हुन्न त्यसले !!!!

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

50%

खुसी

0%

दुःखी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार