‘कमरेड तिम्रो हस्ताक्षरमा बेचिएका महकाली लिपुलेक लिम्पियाधुरा र कालापानी हेर्नू’

'कमरेड तिम्रो हस्ताक्षरमा बेचिएका महकाली लिपुलेक लिम्पियाधुरा र कालापानी हेर्नू'

कमरेड मौका ले जादैहुनु हुन्छ..जाँदै गर्दा …..
साहु खर्क को बाजेको खीर पसल मा बाजेको खीर हेर्नु
तिम्रा सम कक्षी देउवाको डडेल्धुराको तस्बिर हेर्नु,
भौगोलिक सुन्दर ता ले भरिएको तर तिम्रा कार्यक्रताले दुर्गन्धीत बनाएको पाटन हेर्नू, निङ्गलासैनी हेर्नू ,त्रिपुरासुन्दरि हेर्नू
पुजा आजा गर्नु क्षमा माग्नु पाप पखाल्ने कोसिस गर्नु
गोठलापानी बाट देखिएको अपि हिमाल हेर्नू ………
कमरेड मौकाले जाँदै हुनु हुन्छ जादै गर्दा जे जे मन लाग्छ सबै हेर्नू
हेर्दाहेर्दै झुलाघाट पुग्नु र उभिनु अनि
महाकाली सन्धि मा हस्ताक्षर गर्ने हात लाई छातिमा राखेर
आफैले बेचेको महाकाली किनार बाट महाकाली हेर्नु
कमरेड मौकाले जादैँ हुनु हुन्छ जादैँ गर्दा
तिम्रो हस्ताक्षर कै कारण बेचिएको लिपुलेक र कालापानी तिर हेर्नू
गहिरो गरि सोच्नु बिगत सम्झिनु ,बर्तमान सम्झिनु र महाकालीको भबिश्य सम्झिनु ……
कमरेड मौकाले जाँदै हुनु हुन्छ….
तिमिले बेचेको महाकाली त स्वदेस फर्किन्छ कि फर्किदैन
कालापानी,लिम्पियाधुरा,लिपुलेक ले नेपाल बन्न पाउंछकि पाउंदैन
कमरेड मौकाले जादैँ हुनु हुन्छ …..
बर्षौ देखि रुदै गरेकि महाकाली संग तिमी हास्दै तस्बिर खिच्नु
महाकाली कै पानी हातमा समातेर अनि संकल्प गर्नु
जनता लाई उल्लु बनाउदै, राष्ट्रवाद को बखाण गर्दै ,
कालापानी लिपुलेक र महाकाली फिर्ता ल्याउने ..झुटा आश्वासन दिदैँ.. तिमी संगै गएका तिम्रा भ्रष्टाचारी हरु , तिम्रा अन्ध भक्त हरु र तिमि संगै लगेको सबै तामझाम लिएर फर्किनु…
कमरेड जनता बाट मत लिनु र फेरि गण्डक बेच्नु , कोशी बेच्नु सगरमाथा बेच्नु , बालुवाटार बेच्नु त्यस्ले पनि नपुगे सरणार्थी बनाएर नेपाली हरु लाई नै बेच्नु…
कमरेड मौकाले जाँदै हुनु हुन्छ जे जे मन लाग्छ हेर्नू
पुनः एकचोटि तिम्रो हस्ताक्षर ले बेचिएका माहाकाली हेर्नू , लिपुलेक हेर्नू लिम्पियाधुरा हेर्नु कालापानी लाई हेर्दै फर्किनु।।

पंतिकार राजेन्द्र भट्ट हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

79%

खुसी

7%

दुःखी

7%

अचम्मित

0%

उत्साहित

7%

आक्रोशित

सम्बन्धित समाचार