मुटुमा समस्या देखिएपछि गृहमन्त्री श्रेष्ठलाई गरिएको एन्जियोप्लास्टी के हो ?

मुटुमा समस्या देखिएपछि गृहमन्त्री श्रेष्ठलाई गरिएको एन्जियोप्लास्टी के हो ?

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा समस्या आएपछि एन्जियोप्लास्टी गरिएको छ। मुटुमा समस्या देखिएपछि श्रेष्ठ मंसीर १९ मा काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए।

मुटुको धमनीमा समस्या आएपछि एन्जियोप्लास्टी सर्जरी गरिएको गृह मन्त्रालयले जनाएको छ। गंगालाल अस्पतालका डा. अरुण मास्के लगायत चिकित्सकको टोलीले एन्जियोप्लास्टी सर्जरी गरेको हो। हाल आईसीयूमा उपचाररत श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर छ।

चीन भ्रमणका क्रममा गत कात्तिक १ मा गृहमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो। हृदयाघातको उपचारका क्रममा गरिएको स्वास्थ्य परीक्षणमा श्रेष्ठको मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको थियो। सोही क्रममा उनको छातीमा ‘स्टेन्ट’ राखिएको थियो।

मायो क्लिनिकका अनुसार मुटुमा रक्तसञ्चार गर्ने धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टी गरिन्छ। जीवनशैली परिवर्तन र औषधि सेवन गर्दा पनि रक्तसञ्चार प्रकियामा सुधार नभएपछि एन्जियोप्लास्टी गर्नुपर्ने हुन्छ।

एन्जियोप्लास्टीले धमनीलाई चौडा बनाएर रक्तसञ्चार प्रक्रियालाई सहज बनाउँछ। धमनी कमजोर वा पातलो भएको अवस्थामा भने एन्जियोप्लास्टी गर्न जोखिम हुने भएकाले चिकित्सकले बाइपास सर्जरी गर्न सुझाव दिन्छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार