सुदूरपश्चिम महोत्सव २०८० शुक्र बारदेखि सुरु, दश बुँदे माग सहित प्रम प्रचण्डलाई दश किलोको माला 

सुदूरपश्चिम महोत्सव २०८० शुक्र बारदेखि सुरु दश बुँदे माग सहित प्रम प्रचण्डलाई दश किलोको माला 
उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर १० बुँदे मागसहित प्रधानमन्त्रीलाई १० किलोको माला लगाउँदै

धनगढी । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हरेक वर्ष हुँदै आएको सुदूरपश्चिम महोत्सव २०८० शुक्रबारदेखि शुरु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा शुरु भएको महोत्सवको एक समारोहकाबिच नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले समुदघाटन गरे । सो क्रममा उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले दश बुँदे माग राख्दै प्रधानमन्त्री प्रचण्डलाई दश किलोको माला लगाएका थिए ।

उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका विभिन्न समुदायका मौलिक सांस्कृतिक झाँकी समेत प्रस्तुत भइरहेका छन् । महोत्सवमा कृषि तथा गैरकृषि उपज, बैङ्क तथा वित्तीय, प्रविधि, होटल तथा व्यवसायिक गीरु चार सय बढि स्टलहरू रहेका छन् ।

आजदेखि शुरु भएको महोत्सव पुस २ गतेसम्म चल्ने छ । महोत्सवको अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छन् ।

महोत्सव सञ्चालनमा करिब तीन करोडको लगानीमा सम्पन्न हुने महोत्सवमा करिव १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । आयोजक संघले महोत्सवमा छ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ ।

महोत्सवमा बिक्री हुने टीकटको केही रकम दैवी प्रकोप आकस्मिक कोषका लागि दिइने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । बिक्री हुने प्रति एक टीकटको एक रुपैया दैवी प्रकोप आकस्मिक कोषका लागि प्रदान गरिने संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

हरेक वर्ष महोत्सवलाई प्रभावकारी बनाउन विशेष आकर्षणका गतिविधि हुने गर्दछन् । यस वर्ष महोत्सवमा थारु संग्राहालय मुख्य आकर्षकका रुपमा बनाइएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवमा चौधरी र राना समुदायको संस्कृति, रहनसहन तथा खानपानको संरक्षणका लागि संग्राहालय सहितको अलग गाउँ निर्माण गरिएको संघका अध्यक्ष पुष्प कुँवरले बताए ।

  • माओवादी रुपान्तरण अभियान आमजनतामा आशा र भरोसा दिन सफल भएको छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अहिले विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको बताएका छन् । धनगढी उपमहानगरपालिका- १६ भादामा आयोजित जनतासँग माओवादी तीन महिने अभियानअन्तर्गत वडाको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

उनले छिमेकी राष्ट्रको भ्रमणका क्रममा नेपाल र नेपाली जनताको पक्षमा विभिन्न विश्व समुदायको ध्यानाकर्षण गरेको बताए । माओवादीको रुपान्तरण अभियान पुस १५ भित्र सम्पन्न गर्ने र त्यसपछि विधान सम्मेलन गरिने उनको भनाइ छ । विधान अधिवेशनपछि अर्को अभियान सुरु गर्ने र पार्टीको अधिवेशनसमेत गर्ने प्रचण्डले सुनाए ।

‘मूलभूत रुपमा अभियान सफल भएको छ । यसले माओवादी पार्टीलाई जनतासँग जोड्ने, आमजनतामा आशा र भरोसा दिन सफल भएको छ’, उनले भने । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी रवडा अध्यक्ष रामबहादुर चौधरीले वडाको विकासको गतिविधिबारे जानकारी गराउँदै संघीय सरकारबाट उचित बजेटको व्यवस्था गर्न आग्रह गरेका थिए ।

सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड धनगढी– १६ भादामा आयोजित रूपान्तरण अभियानमा सहभागी हुन घसेटा पुगेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार