अब अनलाइनबाटै सवारीसाधन दर्ता, नामसारी, दर्ता खारेज र सवारीसाधन नवीकरण जस्ता कार्य हुने

अब अनलाइनबाटै सवारीसाधन दर्ता, नामसारी, दर्ता खारेज र सवारीसाधन नवीकरण जस्ता कार्य हुने

धनगढी : यातायात कार्यालयमा अनलाइन प्रणाली सञ्चालन गर्न थालिएको छ। आर्थिक वर्ष २०८०/८१ मा १८ वटा यातायात कार्यालयलाई अनलाइन प्रणालीमा लगिने योजनाअनुसार हालसम्म १४ वटा कार्यालयमा अनलाइन प्रणाली सुरु भएको हो।

सेवाग्राहीको चाप कम गर्दै छिटोछरितो सेवा प्रवाहका लागि यातायात व्यवस्था विभागले पछिल्लो एक सातामा धनगढी, महेन्द्रनगर, नेपालगन्ज, बुटवल र दाङको यातायात कार्यालयमा अनलाइन प्रणालीबाट सेवा सुरु भएको छ। अब अनलाइनबाटै सवारीसाधन दर्ता, लाइसेन्सको कर बुझाउने, नामसारी, दर्ता खारेज र सवारीसाधन नवीकरण जस्ता कार्य हुने छन्।

भदौदेखि सबै यातायात कार्यालयबाट अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा सुरु गर्ने योजनासहित काम थालिएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार