सुदूरपश्चिम प्रदेश प्रहरी बुलेटीन : अवैध भन्सार छलीका सामान बरामद, सवारी दुर्घटनामा मानिसको मृत्यु

सुदूरपश्चिम प्रदेश प्रहरी बुलेटीन : अवैध भन्सार छलीका सामान बरामद, सवारी दुर्घटनामा मानिसको मृत्यु

धनगढीः कैलाली जिल्लाको बिभिन्न स्थानहरु, टिकापुर नगरपालिका ९ खक्रौला स्थित सडकखण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५३,२००।– बराबरको साईकल, प्याज, मोजा लगायतका सामानहरु रहेका छन् ।

कैलारी गाउँपालिका ४ के(गाँउबाट अन्दाजी मूल्य रु. ३५,८००।– बराबरको बोईलर कुखुरा र साइकल गरि जम्मा अन्दाजी मूल्य रु. ८९,०००।– बराबरको सामानहरु आईतबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

कञ्चनपुर जिल्ला शुक्लाफाँटा न.पा.११ कलुवापुर स्थित पुर्ब पश्चिम राजमार्गमाम.१ ख.९३५ नम्बरको बसलेसु.प.प्र.०१(००९ प.१२०७ नम्बरको मोटरसाईकललाई आईतबार बिहान ठक्कर दिंदा मोटरसाइकलमा सवार ऐ.२ बन्साह बस्ने बर्ष ३९ की भागरथी अबस्थीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक शिवराज अबस्थी(मृतकको श्रीमान) र निजको छोरा बर्ष १३ को बालकृष्ण अबस्थी उपचार पश्चातडिस्चार्ज भएका छन ।

उक्त बस र बस चालक जिल्ला बैतडी दशरथचन्द न.पा २ देहीमाण्डौँ बस्ने बर्ष ३२ को नरेन्द्र सिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार