फारवेष्ट पशुपति कपः तयारी पुरा, ट्रफी सार्वजनिक

फारवेष्ट पशुपति कपः तयारी पुरा, ट्रफी सार्वजनिक

धनगढी : छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लबले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै तयारी पुरा भएको जानकारी दिएको हो ।

भोलीदेखि धनगढीमा हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजक क्लबका महासचिव ललित मिश्रले जानकारी दिए । प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले उद्घाटन गर्ने कार्यक्रम रहेको

यस्तै प्रतियोगिताको टफी पनि सार्वजनिक गरिएको छ । प्रतियोगितामा भाल लिएका क्लका कप्तान सहित टफी सार्वजनिक गरिएको हो । प्रतियोगिताको उद्घाटन खेलमा पुस ६ गते स्टार सिटी युवा क्लब र पुर्नवास नगरपालिका खेलकुद विकास समिति खेल्नेछन् । प्रतियोगितामा एक भारतीय क्लब सहित १६ टीमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए ।

प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । सबै धनराशी जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ । प्रतियोगिता सञ्चालनमा झण्डै ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

समुह ए मा स्टार सिटी र पुर्नवास नगरपालिका खेलकुद विकास समिति सँगै टेकवहादुर चोखाल फाउण्डेसन, घोडाघोडी युवा क्लब, विएस १५ फुटबल एकेडेमी, एपिएफ ७ नम्बर वाहिनी, सिएफसी क्लब कोलकोत्ता र सुदुरपश्चिम ११ स्पोर्टस क्लब रहेका छन् ।

समुह बी मा ईलाईट युवा क्लब, अल स्टार्स एकेडेमी, वाईज युनियन लम्की, नेपाल प्रहरी सुदुरपश्चिम प्रदेश, पुर्नवास युनाईटेड क्लब, ग्रीन सिटी क्लब र आयोजक फारवेष्ट पशुपति युवा क्लब रहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार