लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए

लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तार गरेका छन् । सरकार गठन भएको ८ महिनापछि उनले दुई मन्त्री थप गरेका हुन्। 

चौधरी गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डा नमिल्दा सरकारले पूर्णता पाएको थिएन ।

शनिबार उनले माओवादी केन्द्रबाट दुई मन्त्री थपेका हुन् । मुख्यमन्त्री चौधरीले बाँकेकी कृष्णा केसीलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालय र प्युठानका सरोज थापालाई वन तथा वातावरण वा उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयमध्ये एक दिने तयारी गरेका छन् । 

नवनियुक्त मन्त्रीहरुको शपथ भोलि बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार