राष्ट्रियसभा निर्वाचन : गठबन्धनमा कांग्रेसले सुनायो एमालेको आकर्षक प्रस्ताव

स्वीजरल्याण्डको ६५ करोड अनुदान प्राविधिक शिक्षाका लागि स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं : राष्ट्रियसभा निर्वाचनमा प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसलाई प्रमुख विपक्षी घटक नेकपा एमालेले आकर्षक प्रस्ताव अघि सारेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको अनौपचारिक छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष एमालेबाट आएको प्रस्ताव सुनेपछि माओवादी र नेकपा एसका नेताहरू झस्किएका छन् ।

सहभागी एक नेताका अनुसार राष्ट्रपतिबाट मनोनीत हुनेसहित रिक्त २० राष्ट्रियसभा सीटमध्ये एमालेले कांग्रेसलाई १३ सीट लिन प्रस्ताव गरेको हो । बाँकी ७ सीट एमालेले लिने प्रस्ताव छ ।

एमाले र कांग्रेस मिल्दा राष्ट्रियसभाका रिक्त १९ सीटमै अरू दलको सम्भावना हुँदैन । राष्ट्रपतिबाट मनोनीत हुने सीट भने मन्त्रिपरिषद्को सिफारिस बमोजिम मात्र हुन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नै देउवासमक्ष सो प्रस्ताव राखेको जानकारी आफूहरूले पाएको नेकपा एसका संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले नेपाल प्रेसलाई बताए ।

एमालेले राखेको प्रस्ताव कांग्रेसको लागि गठबन्धनबाट प्राप्त हुने सीटभन्दा आकर्षक र लाभदायक भए पनि देउवाले उक्त प्रस्ताव स्वीकार नगरेको कांग्रेस नेताहरूको भनाइ छ ।

गठबन्धनभित्र कांग्रेसले ९ सीट पाउने सम्भावना छ । त्यो भन्दा ४ सीट कांग्रेसकै सांसदको खाली हुँदैछ भने एमालेबाट रिक्त हुने ८ मध्ये कांग्रेसले ५ सीटमा दाबी गरेको छ ।

एमालेको प्रस्ताव मान्दा कांग्रेसलाई कम्तीमा ४ सीट फाइदा हुने अवस्था रहे पनि गठबन्धनको एकता तोड्न नसकिने कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले बताएका छन् । उनले गठबन्धनकै सहमति अनुसार माधव नेपाललाई पनि एक कार्यकाल प्रधानमन्त्री दिनुपर्ने बताए ।

गठबन्धनभित्र माओवादीका ३ सांसद खाली हुँदैछन् उसले थप तीन सीट दाबी गरेको छ । नेकपा एसका २ सीट खाली हुँदैछ भने एमालेबाट रिक्त हुने ८ मध्ये कम्तीमा २ सीटमा दाबी रहेको पाण्डेले बताए ।

जसपाको एक सीट रिक्त हुँदैछ र उसले थप एक सीट दाबी गरेको छ । गठबन्धनबाटै लोसपा र नागरिक उन्मुक्तिले पनि सीट दाबी गरेका छन् । सीट बाँडफाँटबारे औपचारिक छलफल भई नसकेको पाण्डेले बताए ।

राष्ट्रिय सभाका मतदाता रहेका प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभारका आधारमा सत्ता गठबन्धन कायमै रहेको अवस्थामा एमालेले जित्ने सम्भावना छैन । दलहरु एक्ला एक्लै लड्दा अधिकांश सीट एमालेले जित्न सक्छ,तर त्यो सम्भावना झनै छैन ।

यता एमालेले भने कांग्रेसलाई १३ सीट अफर गरिएको दाबीको आधिकारिकता पुष्टि गरेको छैन । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी मनोनयनको बेलासम्म विभिन्न दलसँग संवाद हुने बताए ।

कांग्रेसलाई एमालेले यसअघि नै सत्ता साझेदारी गर्न र दुई ठूला दल मिलेर स्थायित्व तथा अहिलेको निराशालाई चिर्न प्रस्ताव गरिसकेको छ । तर कांग्रेसको संस्थापन पक्ष अहिलेकै गठबन्धनको निरन्तरताका पक्षमा छ ।

ओलीले डा. शेखर कोइरालालाई संसदीय दलको नेता परिवर्तन गरेर आए सरकार गठनमा सघाउने समेत बताइसकेका छन् । कोइरालाको पक्षमा ४६ सांसद खडा भए पनि अन्तिममा किनबेच हुने सम्भावना रहेकाले दलको नेता परिवर्तनमा उनी अग्रसर भइसकेका छैनन् । –नेपालप्रेसबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार