प्रधानमन्त्रीले भोलि सम्बोधन गर्ने

प्रधानमन्त्रीले भोलि सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको छ । प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा भोलि दिउँसो ३ वजे राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । 

सम्बोधनअघि उहाँले विभिन्न मन्त्रालयका मन्त्रीहरूसँग कार्यप्रगति विवरण लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र खानेपानीमन्त्री महेन्द्र राय यादवले प्रगति विवरण सुनाइसकेको बताइएको छ । भोलिसम्म अन्यमन्त्री तथा विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ्ग सुनेपछि राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रचण्ड गत वर्ष पुस १० गते एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । पछि विश्वासको मत लिने क्रममा नेपाली काँग्रेसलगायत अन्य दलले पनि समर्थन गरेको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार