लागुऔषधसहित एक महिनामा सुदूरपश्चिमबाट ६६ जना पक्राउ

लागु औषध सहित धनगढीबाट एक जना पक्राउ

धनगढीः सुदूरपश्चिमबाट एक महिनामा लागुऔषधसहित ६६ जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरीले मंसिरमा मात्र लागुऔषधको कारोबारमा संलग्न भएको आरोपमा तीन महिला र ६४ जना पुरुषलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुबाट ३८० ग्राम हेरोइन, १० किलो ६ सय ग्राम चरेस र ९१ किलो ५१५ ग्राम गाँजा बरामद गरिएको छ। त्यस्तै १४ एम्पुल रेक्सोजेसिक, १४ एम्पुल फेर्नागन, करिब ४५० ग्राम अफिम पनि प्रहरीले बरामद गरेको छ। सो अवधिमा धनगढी, त्रिनगर, टीकापुर, सत्ती, लम्की मालाखेती क्षेत्रबाट दुई महिला र ३१ पुरुष गरी ३३ जनालाई हेरोइन १७ ग्राम ९० मिलिग्राम र चरेस तीन किलोग्राम ७८० ग्रामसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यस्तै कञ्चनपुरको महेन्द्रनगर, गड्डाचौकी, बेलौरी, बेलडाँडी र त्रिभुवन बस्तीबाट एक महिला र २२ पुरुष गरी २३ जनालाई पक्राउ गरिएको छ। उनीहरुलाई हेरोइन सात ग्राम ७८ मिलिग्राम, चरेस २२ मिलिग्राम, १४ एम्पुल रेक्सोजेसिक, १४ एम्पुल फेर्नागन र करिब ४५० ग्राम अफिमसहित पक्राउ गरिएको हो। गत महिना डडेल्धुरा सदरमुकाम क्षेत्रबाट ३५० ग्राम हेरोइनसहित चार जनालाई पक्राउ गरिएको छ।

बझाङको दुर्गाथली र खप्तड छान्ना क्षेत्रबाट ६ किलो ६० ग्राम चरेस र ९१ किलो ५१५ ग्राम गाँजासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै डोटीको शिखर नगरपालिका–२ कालागाड क्षेत्रबाट चार ग्राम ४१० मिलिग्राम हेरोइनसहित एक जनालाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कात्तिक महिनामा सुदूरपश्चिमबाट ६१ पुरुष र तीन महिला गरी ६४ जनालाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। जसमध्ये दुई जना भारतीय नागरिक रहेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार