मन्त्री ज्वाला सवार गाडीमा आगोको ज्वाला दनदनी, कारण यस्तो ?

मन्त्री ज्वाला सवार गाडीमा आगोको ज्वाला दनदनी, कारण यस्तो ?

काठमाडाै : ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमाथि आगजनी भएको छ। रिङरोड क्षेत्रमा रोजगार अनुमति प्रणाली (इपिएस) लाई लिएर आन्दोलन गरिरहेका परीक्षार्थीले  दिउँसो मन्त्री ज्वाला सवार गाडीमा आगो लगाएका हुन्।

मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडी आगलागीबाट क्षती पुगेकाे छ । बालकुमारी क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। आन्दोलनकारीले सडकबाट ढुंगा प्रहार गरेका छन्।

ईपीएस परीक्षाको विषयलाई लिएर बालकुमारी–सातदोबाटो सडकमा सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका आन्दोलनरत युवाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका हुन् ।

उक्त क्षेत्र अहिले तनावग्रस्त छ । युवाहरूले अहिले सडक कब्जा गरेका छन् । ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन थालेका हुन् ।

सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो ।

तर, शाखाले भने मुद्दा हालेका १८ जनालाई मात्रै भाषा परीक्षामा सहभागी हुन दिएपछि अन्य आक्रोशित भएका हुन्

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार