बालकुमारी घटनाबारे छलफल गर्न बालुवाटारमा बैठक

बालुवाटार

काठमाडौ : ललिपतपुरको बालकुमारीमा शुक्रबार दुई युवकको ज्यान जानेगरी भएको घटनाबारे छलफल गर्न प्रधानमन्त्रीनिवास बालुवाटार बैठक जारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा गठबन्धन दलका शीर्ष नेता र सरकारका उपप्रधानमन्त्रीहरू सहभागी छन्।

बैठकमा सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा अंगका प्रमुखसमेत सहभागी रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

घटनापछि शुक्रबार नै प्रधानमन्त्रीले सत्यतथ्य छानबिन गर्न निर्देशन दिएका थिए। घटनाको छानबिनका लागि गृह मन्त्रालयले  उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार