राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिमबाट ६ जनाले गराए उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिमबाट ६ जनाले गराए उम्मेदवारी दर्ता

धनगढी : राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिमबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुदूरपश्चिममा सत्तारुढ दल र एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

धनगढीस्थित निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालय धनगढीमा दुबै पक्षका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए । सत्तारुढ गठबन्धनबाट कञ्चनपुर कांग्रेसका सभापति बलदेव बोहरा र अपाङ्ग तथा अल्पसङ्ख्यकका तर्फबाट कैलाली कांग्रेसका सभापति नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गरेका छन् । भट्ट दोस्रो जनआन्दोलनबाट घाइते भएका थिए ।

यस्तै, सत्ता गठबन्धनबाटै महिलाबाट माओवादी केन्द्रका रेनु चन्दले उम्मेदवारी दर्ता गरेकी छिन् । चन्द २०६४ सालको संविधान सभा सदस्य हुन् ।

एमालेका तर्फबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, कैलालीकी सावित्री घिमिरे र कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवारी दर्ता गराए ।

खरेल केन्द्रीय लेखा आयोग सदस्य हुन् । घिमिरे अनेमसङ्घ कैलालीकी पूर्वअध्यक्ष तथा जोशी एमालेको भ्रातृ सङ्गठन अपाङ्ग सङ्घका केन्द्रीय सदस्य हुन् ।

आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदान हुनेछ । सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम भएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार