एक्सिस माविमा अध्ययनरत छात्रा सरिता साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने

एक्सिस माविमा अध्ययनरत छात्रा सरिता साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने

धनगढी : एक्सिस विद्याश्रम माध्यमिक विद्यालय कक्षा १२ अध्ययनरत छात्रा सरिता नाथ राष्ट्रिय फुटबल टिममा छनौट भएकी छन् । नेपाली यू–१९ राष्ट्रिय महिला फुटबल टिममा परेकी सरीता बडीमालिका नगरपालिका–२ निवासी हुन् ।

आगामी फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको २३ सदस्यीय अन्तिम टोलीमा सरिता पनी टिममा समावेश भएकी हुन् ।

राष्ट्रिय जर्सि सहीत अन्र्तराष्ट्रिय फुटबल खेल्ने सरिता बाजुराको पहिलो हुन् । भने छनोट सूची सार्वजनिक गरेकै दिन सरिताको उमेर १८ वर्ष पनी पुरा भएको थियो ।

एक्सिस विद्याश्रममा विज्ञान विषय लिएर पढ्ने उनले धनगढी रंगशालामा फुटबल खेल्दै आएकी थिईन । एक वर्षको लगातारको अभ्यास पछि सरिताले ठूलो सफलता हात पारेकी हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार