अयोध्या जाने श्रद्धालुका लागि भारतीय रेल जनकपुरधाम आउँदै

जनकपुरधाम्

जनकपुरधाम : भगवान् श्रीरामको प्राण प्रतिष्ठा समारोहमा जान चाहेका नेपाली श्रद्धालुहरूका लागि भारतीय रेल जनकपुरधामबाट अयोध्या जाने भएको छ ।

भारतीय रेल्वेले २० डब्बा भएको रेल जनकपुरधाम पठाउन लागेको हो । उक्त रेल नेपाली श्रद्धालु बोकेर भोली जनकपुरधामबाट अयोध्याका लागि छुट्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जन झाले जानकारी दिए ।

उनले परराष्ट्र मन्त्रालयको पहलमा भारतीय दूतावास मार्फत भारतीय रेल्वेले श्रद्धालुको सहुलियतका लागि रेल पठाउन लागेको बताए ।

उनले भने, ‘अहिले टिकटको शुल्क कन्फर्म भइसकेको छैन । केहिबेरमा कन्फर्म हुन्छ ‌। त्यसपछि साँझ ४ बजेदेखि बुकिङ खुल्ला गर्छौँ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार