सुदूरका स्थानीय तहहरूको क्षमता विकास गर्न नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघ सँग सम्झौता

सुदूरका स्थानीय तहहरूको क्षमता विकास गर्न नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघ सँग सम्झौता

धनगढी : सुदूरपश्चिमका स्थानीय तहहरूको क्षमता विकास गर्न नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघ सँग सम्झौता गरीएको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना डोटीले माघ १२ गते शुक्रबारका दिन स्थानीय तहहरूको क्षमता विकासका लागि नेपाल नगरपालिका संघ तथा गाउँ पालिका राष्ट्रिय महासंघ प्रदेश समितिकाबीच समन्वयात्मक तथा समझदारी पत्रमा हस्ताक्षर गरीएको हो ।

स्थानीय तहको क्षमता विकासका कार्यक्रमहरू संचालन गर्नको निम्ती नेपाल नगरपालिका संघ, प्रदेश कमिटि तथा गाँउपालिका राष्ट्रिय महासंघ, नेपाल प्रदेश कमिटिबिच दिर्घकालिन रणनैतिक सम्बन्ध विकासका लागि मा।मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा धनगढी स्थित मुख्य मन्त्रि तथा मन्त्रि परिषद्को कार्यालयमा आयोजना गरेको कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश र स्थानीय तहमा निर्वाचित, मनोनित पदाधिकारी र कर्मचारीहरूको क्षमता विकास गर्नका लागि आपसी सहकार्य तथा समन्वय गर्ने, स्थानीय तहले निर्माण गरेका संस्थागत योजना, नीति तथा कार्यक्रमहरुलाई पूनरावलोकन गरी आवश्यकता अनुसार योजना तर्जुमा गर्न सहजीकरण गर्ने र स्थानीय तह संचालन गर्न आईपर्ने कानूनी जटिलता समाधान गर्न आवश्यक सहजीकरण गर्नको निम्ति सहकार्य तथा समन्वय गर्ने सहज वातावरणको सृजना गर्न कार्यक्रमको आयोजना गरिएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गेहेन्द्र बमले बताउनु भयो ।

उक्त कार्यक्रममा सुदूर पश्चिम सरकारका माननीय मुख्य मन्त्री, सामाजिक विकास मन्त्रि, आन्तरिक मामिला तथा कानून मन्त्रि, वन पर्यटन तथा उद्योग मन्त्रि, प्रमुख सचिव डा. हरि प्रसाद लम्साल, नेपाल नगरपालिका महासंघ केन्द्रिय र प्रदेश कमिटिका पदाधिकारीहरू, गाँउपालिका राष्ट्रिय महासंघ केन्द्रीय कमिटीका पदाधिकारी लगायतको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा मुख्यमन्त्री शाहले संघ तथा महासंघ र प्रतिष्ठान बीच स्थानीय तहको क्षमता विकासका लागि भएको समझदारी पत्र अत्यन्तै महत्व पूर्ण रहेको र यसले प्रदेश र स्थानीय तहबीच देखा परेको समन्वयात्मक समस्याहरू न्यूनिकरणका लागि पहिलो पाइला चालेको बताउदै आउने दिनहरूमा समन्वयकारी भूमिका निर्वाह गर्दै विकास निर्माणलाई तीव्रता दिन सहजता हुने बिस्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार