नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली फिल्ममा अभिनय गर्ने

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली फिल्ममा अभिनय गर्ने

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले फिल्ममा अभिनय गर्ने भएका छन्। एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाका पीडा र जीवन कथालाई समेटेर निर्माण हुन लागेको चलचित्रमा ओली देखिन लागेका हुन्।

चलचित्रमा ओली प्रधानमन्त्रीको भूमिकामा देखिने भएका छन्। काठमाडौंमा आइतबार आयोजित शुभ मुहुर्तमा ओली पनि उपस्थित थिए। उनले नै ‘नमेटिने घाउ’ नामक यो चलचित्रको शुभ मुहुर्त गरेका थिए।

कलाकार रमित ढुंगाना लगायतको टोलीले फिल्म निर्माण गर्न लागेको हो। ओली प्रधानमन्त्री भएको बेला एसिड आक्रमणकारीलाई कडा सजाय गर्ने कानुन ल्याइएको र पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गरेकाले उनको हातबाट चलचित्रको शुभ मुहुर्त गर्न गरिएको निर्माण टिमले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार