रवि लामिछाने भन्छन्, ‘प्रदेश संरचनाको विकल्प खोज्न एक मिनेट ढिला नगरौँ’

उपप्रधान र गृह मन्त्रालय लिएर रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको प्रदेश संरचना बार्गेनिङकर्ताहरुको भारी बिसाउने चौतारी बनेको टिप्पणी गरेका छन् । 

कर्णालीका नेता कार्यकर्तासँग चियापान तथा भेटघाट गर्न पार्टीद्वारा मंगलबार स्वयम्भूमा आयोजित कार्यक्रममा उनले प्रदेश संरचनाको विकल्प खोज्न एक मिनेट पनि ढिला गर्न नहुने बताए । 

‘स्वार्थ नै स्वार्थको भारी बोकेर जो आउनुहुन्छ, त्यो भारी पार्टीले बोक्नुहुँदैन । त्यो देशकै ठूलो भारी हुन्छ । जसरी अहिले ठूला दलका नेता देशका भारी बनेर बसेका छन् । र अहिले काम गर्नुपर्ने प्रदेश संरचना संविधानले परिकल्पना गरेको एउटा र अहिले भएको संरचना त्यही भारी बार्गेनिङकर्ताको भारी बिसाउने चौतारी बनेको छ,’

उनले भने, ‘यही प्रदेश संरचनाले काम गर्ने भए कर्णालीमा काम हुनुपथ्र्यो, सुदूरपश्चिममा काम हुनुपथ्र्याे, मधेशमा काम हुनुपथ्र्याे । आज हेर्नुस् मैले बोल्नुपर्दैन, सूचकांकहरुले भनेका छन् । अहिलेको प्रदेश संरचनाको विकल्प खोज्न एक मिनेट पनि ढिला गर्नुहुँदैन ।’

सभापति लामिछानेले जनताको आशा र भरोसा रास्वपासँग भएको दाबी गर्दै मिसन नै बनाएर गरेको आफूमाथि भइरहेका आक्रमणलाई नटेर्ने तर्क गरे । प्रश्न उठेको कारण सडकमा, सदनमा र समितिमा एक–एक शब्द नापेर काम गरिरहेको भन्दै प्रश्न सोध्न नछाड्न उनले आग्रह गरे । 

‘जनताको आशा नै रास्वपासँग छ, अरु कसैसँग आशा नै छैन । आशा नै नभएको दललाई अहिले कसले प्रश्न सोध्छ र ? पुराना दलले घुस खायो भन्दा कुनै चासोको विषय नै बन्दैन । खान्थे खाए भन्छन्, कसैले वास्ता नै गर्दैनन् । तर, हाम्रा माननीयहरूको कहीँ सानो कुरा आउँदा पनि कत्रो समाचार बन्छ । खासमा हामीलाई खेदेको होइन । रास्वपाप्रति आशा र भरोसा भएकाले यिनीहरू पनि बिग्रिएका हुन् कि भनेर हामीलाई सच्चिने ठाउँ दिएको हुन सक्छ,’ उनले भने ।

आफूमाथि लागेका आरोपका विषयमा लामिछानेले निराधार भएको तर्क गरे ।

‘मिसन नै बनाएर गरेको आक्रमणलाई त म टेर्दा पनि टेर्दिनँ । तर, आशा र भरोसा गरेको हरेक प्रश्नको म सम्मान गर्छु,’ उनले भने,‘आज त्यही प्रश्न उठेको कारण गल्ती गर्यौ कि भनेर बोल्दा, हिँड्दा, खाँदा सडकमा, सदनमा र समितिमा एक–एक शब्द नापेर हिसाब गरेर हामी काम गरिरहेका छौँ । त्यो तिनै प्रश्नले हो, प्रश्न सोध्न नछाड्नुहोला ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार