सामाजिक विकाश मन्त्रालयले दियो हेमराज खड्कालाई प्रवक्ताको जिम्मेवारी  

सामाजिक विकाश मन्त्रालयले हेमराज खड्कालाई दियो प्रवक्ताको जिम्मेवारी  

धनगढी: सुदूरपश्चिम प्रदेशको सामाजिक विकाश मन्त्रालयले प्रवक्ताको जिम्मेवारी हेमराज खड्कालाई दिएको छ । बुधवार वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत खड्कालाई मन्त्रालयले सो जिम्मेवारी दिएको हो । 

मन्त्रालयले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ३५ बमोजिम यस मन्त्रालयका सार्वजनिक सरोकारका सूचना सरोकारवालाहरूलाई प्रवाह गर्नका लागि मन्त्रालयको प्रवक्ता तोकिएको जनाएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार