चौथो पटक फेरिन लाग्यो सुदूरपश्चिमका माननीयका लागि लोगो, पहिलो पटक नै किन बनाएन होलान् राम्रो ?

चौथो पटक फेरिन लाग्यो सुदूरपश्चिम प्रदेश सभाका सांसदहरूको लोगो, पहिलो पटक नै किन बनाएन होलान् राम्रो ?

धनगढीः सुदूरपश्चिम प्रदेश सभा सदस्यहरू (सासद)को लोगो चौथो पटक फेरिने भएको छ। गत वर्षको पुस १५ गते पाँच लाख ५० हजार रुपैयाँ खर्चेर लोगो तयार गरिएको थियो। त्यो लोगोको स्वरूप ठिक नभएको भन्दै अर्काे तयार गर्न थालिएको हो।

प्रदेश सभा सदस्यहरूले प्रयोग गर्ने लोगो सुन र चाँदी जडित निर्माणको तयारी थालिएको हो। नयाँ लोगो तयार गर्नको लागि नेपाली काँग्रेसका पदम शाहीको संयोजकत्वमा समिति गठन गरिएको थियो। बुधवारको प्रदेश सभा बैठकमा उक्त समितिले लोगोको स्वरूपसहितको प्रतिवेदन प्रस्तुत गरेको छ।

जेठ २ गते बसेको प्रदेश सभा बैठकले शाहीको संयोजकत्वमा लोगो संशोधन समिति तयार गरेको थियो। समितिमा एमालेका धर्मराज पाठक, माओवादी केन्द्रका अक्कल बहादुर रावल, नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी, नेकपा एकीकृत समाजवादीका प्रकाश बहादुर रावल, राप्रपाबाट खेमा विष्ट र स्वतन्त्र सांसद तारा जोशी सदस्यमा थिए। उक्त समितिले झन्डै ८ महिना पछि प्रदेश सभामा प्रस्तावित लोगो सहितको प्रतिवेदन पेस गरेको हो।

बैठकमा प्रतिवेदन पेस गर्दै समितिका संयोजक शाहीले सबैसँग छलफल गरेर परिमार्जित नयाँ लोगो तयार गरिएको बताएका छन्। उनले राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन गरेकोमा चार वटा नमुना प्राप्त भएको बताए। सबै भन्दा उत्कृष्ट रहेको भन्दै काठमाडौँका विश्वास पराजुलीले पेस गरेको लोगो छनोट गरिएको शाहीले प्रदेश सभालाई जानकारी दिएका छन्। अब तयार गरिने लागो २४ एमएम ब्याच भएको र पञ्च धातु जडान गरिएको हुने उनले बताए।

दोस्रो कार्यकालको पहिलो वर्ष पुगे लगत्तै प्रदेश सभा सदस्यको लागि चौथो पटक लोगो बनाउन लागिएको हो। यसअघि सुरुमा धातुको लागो निर्माण गरिएको भए पनि त्यसयता सुन र चाँदी जडित लोगो तयार गरिएको हो।

पहिलो चरणमा प्रतिव्यक्ति २ हजार २ सय पर्ने गरी ७० वटा लोगो तयार गरिएको थियो। ५३ जना प्रदेश सभा सदस्यहरूको लागि ७० पिस लोगो तयार गर्दा डेढ लाख भन्दा बढी खर्च गरिएको थियो। त्यो बेला धातुको जडित लोगो भएको हुँदा कम खर्च भए पनि त्यसयता सुन र चाँदी जडित बनाउन थालिएपछि खर्च बढेको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार