KOSHISH Season 3 : EP-1 | रेडियो कार्यक्रम कोशिश सिजन तीन : भाग-१

यो भन्दा अघिल्लो सिजनका भागहरू अन्त्यमा

कोशिश सिजन ३ भाग १

धनगढी : नीतिगत संलग्नता, सामाजिक समावेशीकरण तथा स्वपैरवीमार्फत मानसिक स्वास्थ्यको मूल प्रवाहीकरण रेडियो कार्यक्रम (कोशिश) समिर भट्टको साथमा…! रेडियो धनगढी ९०.५ मेगाहर्ट्ज को विद्युतीय तरङ्ग तथा वइबसाईट www.sodhpatra.com मार्फत विश्वभर रेडियो कार्यक्रम कोशिश सुन्न सक्नु हुने छ ।

यदि तपाईँलाई कार्यक्रम र कार्यक्रमको उद्देश्य प्रभावकारी र तपाई सँग परिचय भएको कुनै पनि व्यक्तिलाई फाइदाजनक लागेमा अवश्य शेयर गरी सहयोग गर्नुहोला । सहयोगको लागी धन्यवाद । तल दिइएको अडियो सङ्केतमा क्लिक गरी कार्यक्रम सुन्नुहोस् ।

फेल्म नेपालको आर्थिक सहयोगमा कोशिश, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन द्वारा सञ्चालित समाहित परियोजना अन्तर्गत यो रेडियो कार्यक्रम उत्पादन गरिएको हो ।

यो परियोजना कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका र सुदूरपश्चिम प्रदेशमा धनगढी उप-महानगरपालिकाका सबै वडा मा सञ्चालित छ । परियोजनाको अवधि जनवरी २०२२ देखि डिसेम्बर २०२५ सम्म रहेको छ । यसका साथै परियोजना अवधिभरमा परियोजनाको कार्यक्षेत्र भित्र रहेका मनोसामाजिक अपाङ्गतामा रहेका व्यक्तिको जीवन स्तरमा सुधार गर्ने कार्यक्रमहरू सञ्चालन गरिने छन् ।

त्यस्तै, प्रदेश सरकार र स्थानीय सरकार सँग नियमित पैरवी कार्यक्रम मार्फत अपाङ्गता सम्बन्धी विभेदकारी कानुन संशोधन तथा नयाँ बन्ने कानुनलाई अपाङ्गमैत्री बनाउनका लागि निरन्तर छलफल गरिने छ । यदि तपाईँको घर परिवार तथा गाउँ समाजमा मानसिक स्वास्थ्य सम्बन्धी कुनै समस्या भएका व्यक्ति भएमा कोशिशको फोन गर्दा पैसा नलाग्ने निःशुल्क कुरा गर्न सकिने (टोल फ्रि नं ) : १६६००१२२३२२ मा सम्पर्क गरी निःशुल्क मानो विमर्श सेवा समेत लिन सक्नु रहनेछ ।

यो भन्दा अघिल्लो सिजनका भागहरु तल लिङ्क अप गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार