सिसिएस प्लस टु’ बी र होलिल्याण्ड सेकेन्ड्री स्कुल ‘सिसिएस प्लस टु’ कप को फाइनलमा प्रवेश

सिसिएस प्लस टु’ बी र होलिल्याण्ड सेकेन्ड्री स्कुल ‘सिसिएस प्लस टु’ कप को फाइनलमा प्रवेश

धनगढी : धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ । बिहिबार धनगढी रगंशालामा भएका फाइनल चरणका २ खेल सम्पन्न भए संगै ‘सिसिएस प्लस टु’ कप फुटवलको सेमि फाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।

सिसिएस प्लस टु’ बी, र अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुल सिसिएस प्लस टु’ फुटवल कपको उपाधिका लागी भिड्ने छन् । फाइनल चरण अन्तर्गत आज भएको पहिलो खेलमा सिसिएस प्लस टु’ बी ले धनगढी स्थित त्रिनगर माध्यमिक बिद्यालयलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधिका लागी आफुलाई उभ्याएको छ ।

प्रतियोगिताको सेमि फाइनल पुगेको त्रिनगर माध्यमिक बिद्यालयले भने फाइनल चरणको खेल बाटै बाहिरिनु परेको छ । आजै सम्पन्न प्रतियोगिताको दोश्रो फाइनल चरणको खेलमा अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुलले धनगढीको एलायन्स इन्टरनेश्नल स्कुललाई ४–१ गोल अन्तरले हराउँदै आफ्नो फाइनल यात्रा तय गरेको हो । प्रतियोगिताको सेमि फाइनल खेलमा होलिल्याण्ड सेकेन्ड्री स्कुल र एलायन्स इन्टरनेश्नल स्कुल बीचको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा गएको थियो ।

धनगढी रंगशालामा भएको खेलको निर्धारित ६० मिनेटमा १–१ को बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा होलिल्याण्ड सेकेन्ड्री स्कुलले ४ गोल हान्दा एलायन्सले त्यसको प्रतिकारमा १ गोल मात्रै फिर्ता गर्न सक्यो । फाइनल चरणको यो खेल संगै होलिल्याण्ड सेकेन्ड्री स्कुल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ भने, एलायन्स इन्टरनेश्नल स्कुल बाहिरिएको छ
फाइनल चरणको खेल बर्षातका कारण १९ अथवा २० गते गर्ने निश्चित भएको छैन । १६ बिद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्यायनरत बिद्यार्थीहरुको सहभागिता छ ।

प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद सहित ट्रफी, मेडल, दोश्रो पुरस्कार ३५ हजार नगद सहित ट्रफी, मेडल रहेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडीले नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ठ गोलकर्ता र उत्कृष्ठ गोलरक्षकलाई जनही नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र उपलब्ध गराइने स्कुलका प्रिन्सिपल तिर्थ फुलाराले बताए । प्रतियोगितामा ह्याट्रिक गर्ने खेलाडीलाई नगद १ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार