रुग्ण उद्योग सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

रुग्ण उद्योग सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

उदयपुर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुग्ण उद्योगलाई पुनःसञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबार उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको प्लान्ट क्षेत्रको स्थलगत निरीक्षणपछि उद्योगका कर्मचारीलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन् ।

उनले रुग्ण उद्योग सञ्चालन गर्नु वर्तमान सरकारको नीति रहेको प्रष्ट पारे । उनले धेरै ठूलो चुनढुङ्गाको खानी सुरक्षित रहेको उदयपुर सिमेन्ट उद्योगलाई अपग्रेड गरी उत्पादन क्षमतालाई बढाएर नाफामा लैजानसक्नु पर्ने बताए ।

कर्मचारीमा अनुशासन र लगनशीलता हुनुपर्ने कुरामा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले उद्योगको रोपवे महत्त्वपूर्ण पूर्वाधार भएकोले यसको भरपुर उपयोग हुनु आवश्यक रहेको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार