SKIP THIS

S.P.A  Collage

बन्ने ऐन पूँजी, श्रम र यात्रुमैत्री नबने आन्दोलन : अध्यक्ष भीमज्वाला राई

बन्ने ऐन पूँजी, श्रम र यात्रुमैत्री नबने आन्दोलन : अध्यक्ष भीमज्वाला राई

धनगढी : यातायात मजदुरहरूले काम गर्ने थलोमै पुगेर जागरण अभियान सञ्चालन गर्ने योजना नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन सुदूर पश्चिम प्रदेश कमिटीले निर्माण गरेको छ ।

सरकारले संशोधनको तयारी गरेको सवारी तथा यातायात व्यवस्था ऐन २०४९, जारी गर्न लागिरहेको सहरी यातायात ऐन २०७९ का कतिपय दफाहरु यातायात मजदुर तथा यातायात व्यवसायी विरोधी रहेकाले मजदुर तथा व्यवसायीहरुलाई सजग गराउने र असंगठित श्रमिकहरुलाई संगठित गर्दै भविष्यमा अनिवार्य गरिनुपर्ने आन्दोलनलाई शक्ति निर्माणका लागि जागरण अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।

शनिबार धनगढीमा आयोजित प्रदेश स्तरिय योजना कार्यशालामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले यातायात मजदुर व्यवसायी प्रतिकुल ऐन कानुनहरु संशाधन गर्न शक्ति चाहिँने बताउनुहुँदै शक्ति संगठनमा रहेको र शक्तिको स्रोत श्रमिकहरु रहेको बताउनुभयो ।

अध्यक्ष राईले भन्नु भयो संशोधन गरिनु पर्ने बन्नु पर्ने ऐन, कानुनहरु लगानीमैत्री, मजदुरमैत्री र गुनस्तरिय सार्वजनिक यातायात सेवा पाउने जनताको अधिकारलाई सुरक्षित गर्ने हुनुपर्ने जिकिर गर्नुभयो । वहाँले थप्नुभयो अब बन्ने सवारी तथा यातायात व्यवस्था ऐन पूँजी, श्रम र यात्रुमैत्री नबने त्यसको प्रतिवाद यातायात श्रमिक तथा व्यवसायीहरुले गर्ने बताउनुभयो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधनका लागि सरकारले मस्यौदा तयार गरेर सदनमा पेश गर्ने तयारी गरेको भएतापनि मजदुर व्यवसायीहरुलाई अध्ययन गर्न नदिएको कार्यक्रमका प्रमुख अतिथि राईले बताउँनुभयो ।

कार्यक्रममा प्रदेशभरीका ४३ जना अगुवा नेताहरुको सहभागीता रहेको थियो । कार्यशालाले सुदुर प्रदेशका पहाडी जिल्लाहरुलाई समेत समेटेर चैतसम्म सदस्याता विस्तार, नविकरण, बसपार्क आधारित शिविरहरु सञ्चालन गर्ने, सरोकारवालाहरुसंग सहकार्य गर्दै यातायात मजदुर, व्यवसायी, पैदलयात्रीहरुमाझ सडक सुरक्षा सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने र प्रदेशभरी संगठनलाई विस्तार गर्ने योजना बनाएकोछ ।

कार्यशालाको सहजीकरण जिफन्ट प्रदेश अध्यक्ष जीतबहादुर मल्ल, संगठनका केन्द्रीय महासचिव केशवबहादुर थापा, उपमहासचिव खगेन्द्र ओली, केन्द्रीय सदस्यहरु जयकला गिरी र शंकरदत्त जोशीले गर्नु भएको थियो ।

संगठनका प्रदेश अध्यक्ष ललित चन्दको अध्यक्षतामा भएको कार्यशालामा असोजदेखि हालसम्मको कार्यथलो अभियानमा भएका कामको समिक्षा गरिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार