बलिउड गायक आतिफ असलम नेपाल आउने

आतिफ असलम

काठमाडौँ : बलिउडका चर्चित गायक आतिफ असलम नेपाल आउने भएका छन् । नयाँ वर्षको अवसर पारेर आगामी चैत्र ३० गते होटल हायात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रम ‘आतिफ असलम लाइभ इन नेपाल’मा प्रस्तुति दिन उनी नेपाल आउन लागेका हुन् । 

ट्यारिस इन्टरटेनमेन्ट र एमजे प्रोडक्सनले असलमलाई कन्सर्टका लागि नेपाल ल्याउन लागेको हो । असलम चैत २९ गते नेपाल आइपुग्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

केही दिन नेपाल बस्ने  असलमले नेपाल भ्रमणको समय केही पर्यटकीय स्थलको समेत अवलोकन गर्नेछन् । असलमको नेपालमा यो दोस्रो कन्सर्ट हुनेछ । यसअघि उनी सन् २०१२ मा पनि दशरथ रंगशालामा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएका थिए । असलमको कार्यक्रममा नेपालका चर्चित कलाकारको समेत सहभागिता रहने आयोजक संस्थाका जीतबहादुर लामाले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार