फागुन १ गते सार्वजनिक बिदा दिईएको छैन : गृह मन्त्रालय

गृह मन्त्रालय

काठमाडौं : सरकारले फागुन १ गते सार्वजनिक बिदा नभएको प्रष्टीकरण दिएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त दिन बिदा नभएको बताएको हो ।

गत वर्ष फागुन १ ‘जनयुद्ध दिवस’ को बिदा दिइएकोमा बिदा खारेजीकाे माग गर्दै रिट दायर भएपछि सर्वोच्च अदालतले उक्त बिदा बदर गरेको थियो ।

यद्यपि केही स्थानीय तहले आफ्नो पालिकाभित्र सार्वजनिक बिदा दिएकोमा सर्वसाधारणमा अन्योल बढिरहँदा उक्त दिन सार्वजनिक बिदा नभएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार