SKIP THIS

S.P.A  Collage

अध्यक्षमा तीन जनाको दाबी रहेको एमाले कैलाली अधिवेशन ओलीले उद्घाटन गर्दै

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले स्वदेशमै रोजगारी सिर्जना गर्ने बताएका छन्।

नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि आइतबा जिल्ला अधिवेशन सुरु हुँदै छ। अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम  छ।

कैलालीको सुखडमा सुरु हुने अधिवेशन भोलिसम्म चल्ने छ। एमाले कैलालीको अध्यक्षमा तीन जनाको दाबी छ। 

पूर्वप्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुंगाना, एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा जोशी र सचिव डेजी पाण्डे अध्यक्षका मुख्य दाबेदार हुन्।

उनीहरूसहित अन्य पदाधिकारीमा सहमतिको प्रयास भइरहेको छ। सहमति नभए निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिनेछ। 

अधिवेशनबाट ५ पदाधिकारीसहित १५० सदस्यीय कमिटी  चयन हुने छ। अधिवेशनका लागि ५६० प्रतिनिधि छनोट भएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार