धनगढीमा दोस्रो सुप ईन्टरटेनमेन्ट म्युजिक अवार्ड सम्पन्न

धनगढीमा दोस्रो सुप ईन्टरटेनमेन्ट म्युजिक अवार्ड सम्पन्न

धनगढी : कैलालीको धनगढीमा दोस्रो सुप ईन्टरटेनमेन्ट म्युजिक अवार्ड सम्पन्न भएको छ । सुप ईन्टरटेनमेन्ट हाउस प्रालिद्वारा आयोजित म्युजिक अवार्ड २०८० को फाईनल कार्यक्रम शनिबार कैलाली उद्योग वाणिज्य संघ धनगढीमा रहेको शुभम होटलमा भव्य समारोहका विच सम्पन्न भएको हो ।

सुप ईन्टरटेनमेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्द ठकुरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका भुमि,व्यवस्था,कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी रहेका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशी विशिष्ट अतिथी रहेका थिए ।

कार्यक्रममा विभिन्न बिधाका सर्जक, कलाकार र प्राविधिकहरुलाई अवार्ड बितरण गरिएको थियो । नेपाली लोकसंगित तथा प प गीत सँग आबद्ध बरिष्ठ तथा अनुज गायक, गायिका, सर्जक, व्यवसायी तथा सुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बिभिन्न विधाका सर्जक, कलाकार लगायतका व्यक्तिहरु वर्षको सर्वोत्कृष्ट अवार्डद्वारा सम्मानित भएका थिए ।

लाइफ टाईम अचिभमेन्ट सम्मानबाट मधब बिष्ट कैलाश, दशक कला साहित्य सम्मानबाट लक्ष्मी प्रसाद शर्मा (एल.पि), कला सगिंत प्रेमीबाट डा.फुलराम चौधरी, कला पत्रकारिता सम्मानबाट धुर्ब ओझा, अकिंत उप्रेती, युवा समाजसेवी सम्मानबाट प्रकाश मिश्र, सामाजिक सेवा सम्मानबाट डा.निराजन दत्त शर्मा पौडेल, सुप इन्टरटेन्मेन्ट सम्मानबाट जि.भि. मुखिया, सुप इन्टरटेन्मेन्ट दशक सम्मानबाट जगदिश राना सम्मानित भएका छन् ।

यस्तै सुप इन्टरटेन्मेन्ट कलासम्मानबाट जयराम राना, सुप इन्टरटेन्मेन्ट युवा प्रतिभा सम्मानबाट मुकुन्द जि.सी., सुप इन्टरटेन्मेन्ट युवा प्रतिभा सम्मानबाट रोजी कुंवर, सुप इन्टरटेन्मेन्ट सम्मानबाट राम शिलाल, सुप इन्टरटेन्मेन्ट सम्मानबाट ज्योती सिहं, सुप इन्टरटेन्मेन्ट सम्मानबाट टकं औजी, सुप इन्टरटेन्मेन्ट सम्मानबाट तेज तिखातरी, सुप इन्टरटेन्मेन्ट सम्मानबाट केशव पन्त सम्मानित भएका छन् ।

सर्बोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो निर्देशक बाट बिबेक पाण्डेय गित : स्वगकी परी मार्फत अवार्ड जित्न सफल भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार