सैनिक आवासीय र एसपिए विजयी 

धनगढीको रङ्गशालामा आज भएको दोस्रो पहिलो खेलमा 

धनगढी : श्री कलेज म्यानेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासीय महाविद्यालय र सुदूरपश्चिम अञ्चल (एसपिए) विजयी भएका छन् । 

आज भएको पहिलो खेलमा क्रिसेन्ट सिटी विद्यालयलाई १ गोल प्रहार गरी सैनिक आवासीय महाविद्यालय विजयी भएको हो । 

निर्धारित समय दुवै पक्षका खेलाडीहरूले गोल नगरी सकेपछि खेल पेनाल्टीमा गएको थियो जसमा सैनिक आवसित महाविद्यालयले ५ गोल र क्रिसेन्ट सिटी विद्यालयले ४ गोल प्रहार गरी पराजित हुन पुगेको हो । 

धनगढीको रङ्गशालामा आज भएको दोस्रो पहिलो खेलमा  पञ्चोदय मा.वि.लाई एसपिएले १ गोलले विजयी भएको हो । एसपिएको तर्फबाट सन्दीप सिंह पहिलो हाफ मै गोल प्रहार गरी एसपिएलाई विजयी दिलाएका थिए । 

लिटल फ्लावर स्पोर्ट क्लबले आयोजना गरेको श्री कलेज म्यानेजमेन्ट धनगढीको कप २०८० को भोली (मङ्गलवार) होलील्याण्ड एकेडेमी अत्तरिया र कैलाली माध्यमिक विद्यालय धनगढी बिच पहिलो खेल हुने छ भने दोस्रो खेल लोटस आई स्कुल अत्तरिया र एलायन्स मोडल स्कुल धनगढी बिच हुने क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार